शिखर इन्स्योरेन्सले लाभांश प्रस्ताव पारित गर्न बोलायो साधारण सभा
शिखर इन्स्योरेन्स कम्पनीले लिमिटेडले वार्षिक साधारण सभा माघ २५ गते डाकेको छ । सभा आफ्नो केन्द्रिय कार्यालय, शिखर बिज सेन्टर, थापाथलीमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.८४२१ प्रतिशत नगद गरी कुल १६.८४२१ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि माघ १७ गते एक दिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, माघ १६ गतेसम्म कायम सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
Comments