नेप्सेमा बाउन्स व्याक!!
जनावरी १०को इन्ट्राडे हाइ २२७२को बिन्दुबाट प्रोफिट बुकिङ्ग आएको बजारले २१३५को बिन्दुलाई सपोर्ट बनाएको छ। आज ३२.७२ अङ्कको बढोत्तरी भएर नेप्से सूचक २१८२.११मा बन्द हुँदा कारोबार रकम भने ३.७२ अर्बमा सिमित भएको छ।
आजको कारोबार रकम नौ दिनको मुभिङ्ग एभरेज रकम भन्दा करिब ३५% कम हो। कारोबार रकम हेर्दा आजको बढोत्तरीलाई कन्सोलेशन मुभको रुपमा लिन सकिन्छ भने २२२५-२०३५को रेसिस्ट्यन्सलाई बजारले फेरी टेस्ट गर्ने जाने सम्भावनालाई पनि नकार्न सकिन्न। छोटो समयमा नै करिब २५%ले बढेको बजारमा ट्रेडर्सले अझै प्रोफिट बुकिङ्ग गर्ने र बजार पनि लिक्विडिटीको खोजीमा २००दिन को मुभिङ्ग एभरेजमा सपोर्ट बनाउन आउने विश्लेषकहरु को भनाइ रहेको पाइन्छ।
तसर्थ नेप्सेको नजिकको सपोर्ट २१००-२०९५लाई लिन सकिन्छ र आउने दिनको रेसिस्ट्यन्सलाई फेरी पनि २२२५-२०३५ नै मान्न सकिन्छ।
Comments