अरुण भ्याली हाइड्रोपावरको कहिले बस्दैछ साधारण सभा ?
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले लाभांश प्रस्ताव पारित गर्न माघ २७ गते साधारण सभा डाकेको छ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स, नयाँ बानेश्वरमा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ८ प्रतिशतका दरले हुन आउने बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । यसका साथै सभाले कम्पनीले निर्माण गर्न लागेको १४.५० मेगावाटको बुदुम खोला जलविद्युत आयोजनाको लागि ऋण स्वीकृत गर्ने, कम्पनीको नियमावली तथा प्रबन्धपत्रमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ १८ गते एक दिनका लागि शेयरधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) गर्ने भएको छ। यस अनुसार माघ १७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउनुका साथै कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments