अपि पावरले ४० प्रतिशत हकप्रद निष्काशन गर्ने

अपि पावर कम्पनी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । यसले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका १ करोड ६५ लाख ३३ हजार १३७ कित्ता हकप्रद शेयर निष्काशन गर्नेछ ।

विद्युत नियमन आयोगबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो हकप्रद शेयर निष्काशन गरिनेछ । कम्पनीले गत वर्षको मुनाफाबाट ७.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त लाभांश वितरणका लागि विद्युत् नियमन आयोगको स्वीकृति पाइसकेको छ । कम्पनीले उक्त पूँजीमा थप ४० प्रतिशत हकप्रद शेयर जारी गर्ने तयारी गरेको हो ।

Comments

Back to top