तीन कम्पनीकाे शेयर काराेबार फुकुवा
नेपाल स्टक एक्सचेञ्जले (नेप्सेले) ३ कम्पनीको शेयर कारोबार फुकुवा गरेको छ । नेप्सेले कारोबार समयमा लाभांश घोषणा गरेको कारण महिला लघुवित्त, महुली लघुवित्त र साल्ट ट्रेडिङको शेयर कारोबार नै रोक्का गरिदिएको थियो । नेप्सेले सचेत गराउदै यिनीहरुको शेयर कारोबार फुकुवा गरेको हो ।
३ वटै कम्पनीले धितोपत्र सूचिकरण विनियमावली विपरित कारोबार समयमा लाभांश घोषणाको सूचना सार्वजनिक गरेका थिए । नेप्सेले साल्ट ट्रेडिङलाई पुस २८ गते तथा महिला र महुली लघुवित्तलाई पुस २६ गते स्पष्टिकरण सोध्नुका साथै कारोबार नै रोक्का गरिदिएको थियो ।
Comments