नेप्सेमा करिब ३२ अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ७२ करोड ४७ लाख!
आज मंगलबार ३२.७२ अङ्कले बढेर १.८७% वृद्धिका साथ नेप्से परिसूचक २१८२.११ अंकमा बन्द भएको छ। कारोबार भएका २५० कम्पनीमध्ये १६९ कम्पनी उकालो लागेका छन्, ३० कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा लघुवित्त, ग्रिन भेन्चर लिमिटेड र पिपल्स हाईड्रोपावर रहेका छन्, जसको १०% मूल्य बढेर कारोबार भएका छ। सबैभन्दा धेरै गुमाउनेमा प्रभु सेलेक्ट फन्ड रहेको छ, जसको सेयर मूल्य ८.४५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा र भोल्युममा अपी पावर कम्पनीको कारोबार भएको छ।
Comments