नेप्से इन्ट्राडे अपडेट: १२ अङ्कको वृद्धि!
आज नेप्से बजार १२.९१ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१६२ को नजिक आएको छ। १२.९१ अङ्कले बढेर नेप्से परिसूचक २१६२.२९ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब ७३ करोड ८४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा ग्रिन भेन्चर लिमिटेड र पिपल्स हाईड्रोपावर रहेका छन् जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा प्रभु सेलेक्ट फन्ड रहेको छ जसले ९.६७% गुमाएको छ।
Comments