सगरमाथा इन्स्योरेन्सकाे लाभांश संशाेधन
सगरमाथा इन्स्योरेन्स कम्पनी लिमिटेडको लाभांश संशोधन भएको छ । संशोधन पछि कम्पनीले वितरण गर्ने बोनस सेयर सामान्य घटेको छ । अब कम्पनीले १२.४० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५२ प्रतिशत नगद वितरण गर्नेछ ।
यसअघि कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.६५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो । बीमा प्राधिकरणको निर्देशन पश्चात् लाभांश संशोधन गरिएको हो । उक्त लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताहरूलाई वितरण गरिनेछ ।
Comments