अपि पावरलाई लाभांश वितरण गर्न विद्युत नियमन आयोगको स्वीकृति
अपि पावर कम्पनी लिमिटेडले बोनस शेयर वितरण गर्न विद्युत नियमन आयोगबाट स्वीकृति पाएको छ । आयोगको २०७९ पुस २६ गते बसेको बैठकले शर्तसहित यस कम्पनीलाई बोनस शेयर वितरण गर्न अनुमति दिएको हो । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट हाल कायम रहेको चुक्ता पूँजीको ७.५ प्रतिशत बोनस शेयर तथा कर तिर्न ०.३९४७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
Comments