२ कम्पनीको बोनस सेयरमा मूल्य समायाेजन, कतिमा खुल्छ कारोबार ?
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा २ वटा कम्पनीको बोनस सेयरमा मूल्य समायोजन भएको छ । नेप्सेका अनुसार नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको १५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ ७७८.४३ रुपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारका अन्तिम कारोबार मूल्य ८९५.२० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
त्यसैगरी, आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडको ३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको हो । समायोजन पछि यसको भाउ १ हजार ३६५.७७ रूपैयाँ कायम भएको छ । नेप्सेले बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ७७५.५० रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । मंगलबार समायोजन भएको मूल्यलाई आधार मानेर यिनीहरुको सेयर कारोबार खुल्नेछ ।
Comments