प्राइम, यूनियन र गुराँस लाइफ मर्जर पश्चात् हिमालयन लाइफ बन्ने, चुक्ता पूँजी सात अर्ब माथि

प्राइम लाइफ, यूनियन लाइफ र गुराँस लाइफ इन्याेरेन्सबीच मर्जर सम्बन्धि शनिबार अन्तिम सम्झौता भएकाे छ । मर्जर पश्चात् कम्पनीको नाम ‘हिमालयन लाइफ इन्स्योरन्स लिमिटेड’ हुनेछ । हाल युनियन लाइफका सीईओ मनोजलाल कर्ण मर्जर पछि बन्ने कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुनेछन् । यस्तै गुराँस लाइफका सीइओ विपिन लाल कर्ण र प्राइम लाइफका निर्मल दाहाल भने नायब प्रमुख कार्यकारी अधिकृत हुनेछ ।

मर्जरमा जाने सम्झौता गरेका प्राइम लाइफको चुक्ता पूँजी दुई अर्ब ७७ करोड, गुराँस लाइफको दुई अर्ब ८ करोड र युनियन लाइफको दुई अर्ब १५ करोड रूपैयाँ रहेकाे छ। तीन कम्पनीबीच एक आपसमा एक बराबर एक अनुपातमा गाभिए पश्चात चुक्ता पुँजी सात अर्ब रुपैयाँ नाघ्ने छ । यी कम्पनीहरुले गत वैशाख २९ गते मर्जरमा जाने प्रारिम्भक सहमति गरेका थिए ।

Comments

Back to top