नेरुडे लघुवित्तको साधारण सभा माघ २८ गते, बुक क्लोज कहिले?
नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न माघ २८ गते साधारण सभा बोलाएको छ । सभा उद्योग संगठन मोरङ्गको सभाहल, विराटनगरमा बिहान ११ बजेबाट शुरु हुनेछ । सभाले हाल कायम चुक्ता पूँजीको २२ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
साथै सभाले अन्य लघुवित्तसँग मर्जर वा प्राप्ती गर्ने र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सम्बन्धमा सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सर्वसाधारण शेयरधनीहरुको तर्फबाट १ जना सञ्चालकको निर्वाचन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ लघुवित्तले माघ १७ गतेबुकक्लोज गर्ने भएको छ। यस अनुसार माघ १६ गतेसम्म कायम शेयरधनीहरुले लघुवित्तको साधारण सभामा सहभागिता जनाउन तथा लघुवित्तले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Comments