ग्लोबल आइएमई बैंकलाई ऋणपत्र निष्कासन गर्न सेबोनले दियो अनुमति
ग्लोबल आइएमई बैंक लिमिटेडले ५ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले पुस २८ गते अनुमति दिएको हो । बोर्डले ‘११.२५ प्रतिशत, ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ नामक ऋणपत्रलाई निष्कासन अनुमति दिएको छ । बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ५० लाख इकाइ ऋणपत्र बिक्री खुला गर्नेछ ।
जसमा बैंकले ३० लाख इकाइ व्यक्तिगत तबरबाट र बाँकी २० लाख इकाइको सार्वजनिक निष्कासन गर्नेछ । ५ वर्षे अवधिको यस ऋणपत्रमा वार्षिक ११.२५ प्रतिशत ब्याज पाइनेछ । ऋणपत्रको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ।
Comments