रिडी हाइड्रोपावरको ४२ प्रतिशत लाभांश स्वीकृत
रिडी हाइड्रोपावर कम्पनी लिमिटेडको लाभांश विद्युत नियमन आयोगबाट स्वीकृत भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई प्रस्ताव गरेको ४२.१० प्रतिशत लाभांश स्वीकृत भएको हो ।
यसले शेयरधनीहरुलाई ४० प्रतिशत बोनश शेयर र २.१० प्रतिशत नगद लाभांश (कर प्रयोजन) गरी कुल ४२.१० प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको हो ।
Comments