'ग्रेभस्टोन डोजी क्यान्डल' बनाउँदै नेप्से आगामी हप्ता बियरिश जाने सङ्केत!
गत साता ५.६६% ले बढेको नेप्से यो साता मात्र ०.२५% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २१४८.९३ को बिन्दुमा खुलेको नेप्से २२७७.३५ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब ५ अङ्क मात्र हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग ४१ अंक घटेर नेप्से २१४९.३९ मा बन्द भएको छ।
यस साताको टप गेनर्स (Top Gainers)
यस साताको टप लुजर्स (Top Losers)
यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )
टप ब्रोकर
प्राविधिक विश्लेषण
NEPSE WEEKLY UPDATE: Jan 13, 2023
अघिल्लो साता 'बुलिश माराबोजु क्यान्डल' बनाउँदै उकालो लागेको नेप्सेले यो साता भने ' ग्रेभस्टोन डोजी क्यान्डल' बनाएको देखिन्छ जसले बजार बिक्रीकर्ताको पकडमा आउन थालेको सङ्केत गर्छ। यस साताको क्लोजिंग अपर ब्याण्ड भन्दा थोरै माथि भएको छ तर ब्याण्ड भने फराकिलो हुन थालेको देखिन्छ जसले बजारमा उतारचढाव पनि बढ्न थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –२३.२२ मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ ४५.१९ मा पुगेको छ जसले बजारमा खरिद पनि चलिरहेको देखाउँछ । सिग्नल लाईन भने घटेर बढेर जिरो लाईन भन्दा तल -६८.४१ मा आएको छ। -१४ डिएमआई लाईनले +१४ डिएमआई लाईनलाई माथिबाट क्रस गरेको देखिन्छ जसले बजारमा खरिद घट्ने सङ्केत गर्छ। आरएसआइ ५९.२२ बाट हल्का बढेर ५९.५३ मा आएको छ जसबाट आरएसआइको मोमेन्टम थोरै बढेको देखिन्छ ।
नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०३० को एरिया हुन्छ भने नेप्सेको अवरोध २२२० को एरिया रहेको देखिन्छ।
Comments