ट्रेडर्सको नजरमा २२२५को बिन्दु!

डाउ  सिद्धांत लगभग १००वर्ष देखि प्रचलित थ्योरी हो। आजको अस्थिर र टेक्नोलोजी-संचालित बजारहरूमा, डाउ सिद्धांतका आधारभूत घटकहरू अझै पनि मान्य छन्। डाउ  सिद्धांतले लगानीकर्ताहरूलाई ट्रेन्ड पहिचान गर्न मद्दत गर्छ। यस  सिद्धांत अनुसार बुल प्रवृत्ति क्रमशः उच्च चुचुराहरू र उच्च ट्रफहरूको श्रृंखला र बियरिश प्रवृत्ति क्रमशः तल्लो चुचुराहरू र तल्लो ट्रफहरूको श्रृंखला हुन्छन। बियरिश बजारमा हाइयर हाइ र हाइयर लोले बन्न थालेपछि ट्रेन्ड रिभर्सल भएको मान्न सकिन्छ।

अगष्ट ०१, २०२२को दिन नेप्सेले बनाएको २२२४. ४८को विन्दुलाई ट्रेडर्सले रेसिस्ट्यन्स मान्दा अहिले नेप्सेमा भारी गिरावट आएको छ। १८०५को बिन्दुबाट मार्केटले करिब २५%को बढोत्तरी देखेपनि अगष्ट ०१, २०२२को उच्च बिन्दु माथि क्लोसिङ्ग दिन नसक्दा डाउ सिद्धांत अनुसार अझै ट्रेन्ड रिभर्सल नभईसकेको मान्न सकिन्छ। 

इलिओट वेभलाई  आधार मानेर ट्रेड गर्ने केहि समूहले अहिलेको बजारको बढाईलाई चौथो वेभको सी वेभ पनि मान्ने गरेका छन। जस अनुसार सी वेभ ए वेभ भन्दा १००% या १६५% लामो हुन्छ। २२२४. ४८को बिन्दुलाई आधार मानेर फ़िबोन्यसि रेट्रेश्मेन्ट लगाउदा २२२५-२२३०नै १००%को जोन बन्न जान्छ।

यद्यपि, धेरै जसो विश्लेषकहरुले भने इलिओटको पाँचौ वेभ ट्रौङ्केसन (Truncation) भएको र नँया ट्रेन्ड सुरु भएको आंकलन गरेका छन्। यो अन्तिम वेभले आफ्नो पुरै यात्रा छोट्य़ाउने आधार पनि बजारमा नभएका होइन्न। बजारमा एकाएक आएका सकारात्मक समाचारहरुले गएको चार महिना यता नै बजारलाई सकारात्मक उर्जा थपिरहेको छ जुन नेप्सेको महिना चार्टमा देख्न सकिन्छ।

Comments

Back to top