लक्ष्मी बैंकको वार्षिक साधारणसभा सम्पन्न

लक्ष्मी बैंकको वार्षिक साधारणसभा सम्पन्न भएको छ।  सभा बिहीबार अग्रवाल भवन, कमलपोखरी, काठमाडौंमा सम्पन्न भएको हो । सभाले गत आर्थिक वर्षको संचालक समितिको प्रतिवेदन र बैंकको वित्तीय विवरण उपर छलफल गरी पारित गरेको छ साथै आर्थिक वर्षका लागि लेखापरिक्षकको नियुक्ति समेत गरेको छ। यता, बैंकले यस पटक शेयरधनीहरुलाई लाभांश सम्बन्धी कुनै प्रस्ताव गरेको छैन् ।   

लक्ष्मी बैंक र सनराइज बैंक एक आपसमा गाभिन गत सोमबार औपचारिक सम्झौता भएको थियो। प्रारम्भिक सहमति अनुसार दुवै बैंक बराबरी हैसियतम गाभिन तयार भएका हुन्।

Comments

Back to top