नेप्सेमा करिब ४१ अङ्कको गिरावट, कारोबार रकम ५ अर्ब ४७ करोड ७६ लाख!
आज बिहीबार ४१.०२ अङ्कले घटेर १.८७% गिरावटका साथ नेप्से परिसूचक २१४९.४१ अंकमा बन्द भएको छ। कारोबार भएका २५२ कम्पनीमध्ये २१ कम्पनी उकालो लागेका छन्, १८४ कम्पनी ओरालो लागेका छन् भने १ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा कुमारी धनवृद्धि योजना र सिंगटी हाईड्रो इनर्जी,जसको १०% मूल्य बढेर कारोबार भएका छ। सबैभन्दा धेरै गुमाउनेमा गुराँस लघुवित्त रहेको छ, जसको सेयर मूल्य ९.१८% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा शिवम् सिमेन्ट र भोल्युममा हाईड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको कारोबार भएको छ।
Comments