प्रिओपन सेसनमा १३ अंकको वृद्धि!
आज प्रिओपन सेसनमा नेप्से १३.४ अंकले बढेको छl
मंगलबार केही अङ्कले घटेर २१९०.४२ मा बन्द भएको नेप्से आज प्रिओपनपछि २२०३.८४ मा खुलेको हो। २६,८९७ कित्ता सेयरको खरिदबिक्री हुँदा करिब ९९ लाख ३३ हजार बराबरको कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिन भन्दा कम हो।
आज ७३ कम्पनीको कारोबार हुँदा ५२ कम्पनी बढेर कारोबार भएका छन्।
Comments