सुपर हेवा पावरले आईपीओ जारी गर्ने, लक्ष्मी क्यापिटल बिक्री प्रबन्धक
सुपर हेवा पावर कम्पनी लिमिटेडले आईपीओ जारी गर्न लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । यस कम्पनीले १०० रूपैयाँ अंकित दरका ११ करोड ५४ लाख ३६ हजार रकम बराबरको ११ लाख ५४ हजार ३६० कित्ता साधारण शेयर निष्कासन गर्न लागेको हो । उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र सुपर हेवा पावर कम्पनी लिमिटेडको तर्फबाट अध्यक्ष हर्क बहादुर तामाङले हस्ताक्षर गरेका छन् ।
सुपर हेवा पावर कम्पनीको संखुवासभाको चैनपुर नगरपालिकामा ६ मेगावाट क्षमताको जलबिद्युत आयोजना निर्माणाधिन अवस्थामा रहेको छ ।
Comments