आईएमई जनरल इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन, अब कतिमा खुल्दैछ कारोबार ?
नेपाल स्टक एक्सचेन्ज (नेप्सेले) आईएमई जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको छ । मंगलबार नेप्सेले इन्स्योरेन्सको ६ प्रतिशत बोनस सेयरमा सेयर मूल्य समायोजन गरेको हो । समायोजन पश्चात इन्स्योरेन्सको सेयर भाउ ५००.२८ रुपैयाँ कायम भएको छ ।
नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ५३०.३० रुपैयाँलाई आधार मानेर यस इन्स्योरेन्सको सेयर मूल्य समायोजन गरेको हो । समायोजन भएको मूल्यलाई आधार मानेर यसको कारोबार खुल्नेछ ।
Comments