नेप्सेमा करिब २१ अङ्कको गिरावट, कारोबार रकम ७ अर्ब ६५ करोड ८८ लाख!
आज मंगलबार २१.३५ अङ्कले घटेर ०.९७% गिरावटका साथ नेप्से परिसूचक २१९०.४२ अंकमा बन्द भएको छ। कारोबार भएका २५४ कम्पनीमध्ये ५३ कम्पनी उकालो लागेका छन्, १५१ कम्पनी ओरालो लागेका छन् भने ५ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य ओरालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा बाराही हाईड्रोपावर रहेको छ,जसको ९.९९% मूल्य बढेर कारोबार भएका छ। सबैभन्दा धेरै गुमाउनेमा तारागाउँ रिजेन्सी होटल रहेको छ, जसको सेयर मूल्य ८.७४% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा न्गादी ग्रुप कम्पनी र भोल्युममा हाईड्रो इलेक्ट्रीसिटी इन्भेस्टमेन्ट कम्पनीको कारोबार भएको छ।
Comments