लुम्बिनी विकास बैंकको साधारणसभा आज, लाभांश प्रस्ताव पारित हुँदै

लुम्बिनी विकास बैंक लिमिटेडको वार्षिक साधारणसभा आज मंगलबार पुस २६ गते अमृतभोग कालिकास्थान, काठमाडौंमा बिहान ११ बजे सुरु हुँदैछ । सभाले गत आर्थिक वर्ष ०७८/७९ सम्मको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै ३ प्रतिशत बोनस सेयर र कर प्रयोजन समेत गरी ९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साथै सभाले संस्थापक सेयरधनीहरूका तर्फबाट ३ जना र सर्वसाधारण सेयरधनीको तर्फबाट ३ जना सञ्चालकहरूको निर्वाचनसमेत गर्नेछ । बैंकले साधारणसभा तथा लाभांश प्रयोजनार्थ पुस १३ गते बुकक्लोज गरेको थियो त्यसैले पुस १२ गतेसम्म कायम सेयरधनीहरुले मात्र साधारणसभाका सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

Comments

Back to top