आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
आइएमई जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । साधारण सभा तथा लाभांश प्रयोजनार्थ इन्स्योरेन्सले पुस २७ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले आज पुस २६ गतेसम्म कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्। सभाले ६ प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
सभा माघ ९ गते होटल लि हिमालय, लाजिम्पाट, काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ ।
Comments