नेप्सेमा निर्णायक दिन आउँदै!!
आज सोमबार ४७.१५ अङ्कले बढेर २.१६% वृद्धिका साथ नेप्से परिसूचक २२११.३८ अंकमा बन्द भएको छ। राम्रो भोल्युमका साथ रेसिस्ट्यन्सको जोनमा पनि माराबोजु क्यान्डल बनाएको नेप्सेमा, यो पटक बुलमा निकै उर्जा रहेको देख्न सकिन्छ।
"के नेप्सेमा बुल नै सुरु भएको हो त? " अहिले लगानीकर्ताहरु माझ चर्चित प्रश्न भएको छ। मार्केट पुरै बुलिश ट्रेन्डमा फर्किएको या बियरिश ट्रेन्डमा मार्केटले बेच्ने मौका दिएको भनेर किटान गर्न सकिने अझै बेला भइसकेको देखिंदैन। २०१९अगस्ट महिनामा मार्केटले बनाएको ३२२७ को बिन्दुपछि चलेको १५ महिने बियरिश ट्रेन्ड ब्रेक नभइसकेकाले अबका आउने केहि दिन निर्णायक हुने भएको छ।
नँया सत्ता समीकरणलाई बाहना बनाउदै उछाल आएको नेप्सेले २२२५-२२६५को जोनमा लगानीकर्ताको प्रतिक्रिया र सरकारले विश्वासको मत प्राप्त गर्ने या नगर्ने विषयलाई पनि मूल्यांकन गरी बुलको सुरुवात या अझै बियर भनेर निर्यण दिनेछ।
Comments