लक्ष्मी बैंक र सनराइज बैंकबीच मर्जर सम्झौता
लक्ष्मी बैंक र सनराइज बैंकले एक आपसमा गाभिने सम्झौता गरेका छन् । सोमबार लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल र सनराइज बैंकका अध्यक्ष मोतिलाल दुगडले मर्जर तथा एक्वीजिसन सम्बन्धि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
प्रारम्भिक सम्झौता अनुसार १ बराबर १ को शेयर अनुपातमा गाभिने सम्झौता भएको छ । डिडिए रिपोर्ट आएपछि भने शेयर अनुपात केहि फरक पर्न सक्छ। मर्जरपछि बैंकको नाम लक्ष्मी सनराइज बैंक हुनेछ । दुई बैंक समान हैसियतमा गाभिए पछि नयाँ बन्ने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्ने छ।
Comments