नेप्सेमा ३ वटा विकास ऋणपत्र सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्सेमा) नेपाल राष्ट्र बैंकको ३ वटा विकास ऋणपत्र सूचीकृत भएको छ । राष्ट्र बैंकको २ वर्षे अवधिको १०.६४ प्रतिशत ब्याजदर भएको ८ अर्ब रुपैयाँको ‘२०८१ छ’, ३ वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको २ अर्ब रुपैयाँको ‘२०८२ छ’ र ४ वर्षे अवधिको १०.९३ प्रतिशत ब्याजदर भएको ५ अर्ब रुपैयाँको ‘२०८३ ज’ नामक ऋणपत्र सूचीकृत भएको हो ।

Comments

Back to top