नेप्सेमा करिब ४७ अङ्कको वृद्धि, कारोबार रकम ५ अर्ब ३१ करोड ४३ लाख!
आज सोमबार ४७.७६ अङ्कले बढेर २.१६% वृद्धिका साथ नेप्से परिसूचक २२११.३८ अंकमा बन्द भएको छ। कारोबार भएका २५७ कम्पनीमध्ये १७३ कम्पनी उकालो लागेका छन्, ३१ कम्पनी ओरालो लागेका छन् भने ६ कम्पनी स्थिर रहेका छ।
कारोबार भएका १२ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा खप्तड लघुवित्त, बरुण हाईड्रोपावर, खानीखोला हाईड्रोपावर, छ्याँग्दी हाईड्रोपावर, जोशी हाईड्रोपावर, हिमालयन उर्जा विकास, युनियन हाईड्रोपावर र सिंगटी हाईड्रोपावर, रहेका छन्,जसको १०% मूल्य बढेर कारोबार भएका छ। सबैभन्दा धेरै गुमाउनेमा स्वाभिमान लघुवित्त रहेको छ, जसको सेयर मूल्य ३.५७% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा रिडी पावर कम्पनी र भोल्युममा न्गादी ग्रुप कम्पनीको कारोबार भएको छ।
Comments