नेप्से इन्ट्राडे अपडेट: २४ अङ्कको वृद्धि!
आज नेप्से बजार २४.२५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१८८ को नजिक आएको छ। २४.२५ अङ्कले बढेर नेप्से परिसूचक २१८८.८६ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ४४ करोड ६३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा खप्तड लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा जनउत्थान सामुदायिक रहेको छ जसले ३.२८% गुमाएको छ।
Comments