द्वन्दात्मक नेप्सेमा, बुल्स् हाबी!

साताको पहिलो कारोबार दिन आज नेप्से २०.६८ अंकले बढेर २१६४.६१ मा बन्द  भएको छ।  

इन्ट्राडे लो २१४८.९३ भएको मार्केटमा बुल हाबी रहँदा इन्ट्राडे हाई २१९१.६९ बन्न पुगेको थियो। अन्तिम दुई घण्टामा बिक्री दबाव देखिएता पनि मार्केटले २१५० भन्दा माथि क्लोजिङ्ग दिएको र आजको क्यान्डल बोल्लिन्गर ब्याण्डको अपर लाइनसँगै रहेको हुँदा बजारमा सकारात्मक सेन्टिमेन्ट नै रहेको बुझ्न सकिन्छ।  एमएसिडिको हिस्टोग्राम र भोल्युम निरन्तर रुपमा बढेकाले बजारले यहि साता २२२५ को प्रतिरोध परीक्षण गर्न जान सक्ने अनुमान लगाउन सकिन्छ।  

स्टोक्यस्टिक(stochastic) आर.एस.आइले भने बजार खरिद चापको उच्च बिन्दु मा पुगेको देखाउँछ र दुई घण्टाको चार्टमा इन्भर्स ह्याम्मर बनेकाले, नँया लगानी गर्नु अघि संयम हुनुपर्ने देखिन्छ।  

Comments

Back to top