एनएमबि बैंकको साधारण सभा आज, लाभांश प्रस्ताव पारित हुने

एनएमबि बैंक लिमिटेडको वार्षिक साधारण सभा आज हुँदैछ । सभा, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा बिहान ९ बजेबाट शुरु हुनेछ । सभाले कर सहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै अन्य बैंक तथा वित्तीय संस्थालाई प्राप्ति गर्ने तथा अन्य बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ११ गते बुकक्लोज गरेको छ । त्यसैले पुस १० गतेसम्म कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top