नेपाल वेयर हाउजिङ कम्पनीले आईपीओ निष्कासन गर्न बोर्डसँग माग्यो अनुमति
नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा १३ करोड ७५ लाख रूपैयाँ बराबरको १३ लाख ७५ हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको हो ।
यस कम्पनीको आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको काम हिमालयन क्यापिटल लिमिटेड गर्नेछ । यो कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ ।
Comments