नेप्सेमा करिब २० अङ्कको वृद्धि, कारोबार रकम ५ अर्ब ४५ करोड ९९ लाख!

आज आइतबार २०.५५ अङ्कले बढेर ०.९६% वृद्धिका  साथ नेप्से परिसूचक २१६४.४८ अंकमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये १३३ कम्पनी उकालो लागेका छन्, ७१ कम्पनी ओरालो लागेका छन् भने ९ कम्पनी स्थिर रहेका छ।

कारोबार भएका १० उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा खप्तड लघुवित्त र  बाराही हाईड्रोपावर रहेका छन्,जसको १०% मूल्य बढेर कारोबार भएका  छ। सबैभन्दा धेरै गुमाउनेमा बुद्धभुमी नेपाल हाईड्रोपावर रहेको छ, जसको सेयर मूल्य ४.२५% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिस्टिलरी र भोल्युममा हिमाल दोलखा  हाईड्रोपावर कम्पनीको कारोबार भएको छ।

Comments

Back to top