नेप्से इन्ट्राडे अपडेट: २३ अङ्कको वृद्धि!
आज नेप्से बजार २३.१४ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१६७ को नजिक आएको छ। २३.१४ अङ्कले बढेर नेप्से परिसूचक २१६७.०७ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब १७ करोड १५ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा बाराही हाईड्रो पावर र खप्तड लघुवित्त रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा बोट्लर्स नेपाल रहेको छ जसले ४.४१% गुमाएको छ।
Comments