प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आज, मर्जर तथा लाभांश प्रस्ताव पारित हुँदै

प्राइम लाइफ इन्स्योरेन्सको साधारण सभा आज आइतबार पुस २४ गते बस्दैछ । सभा अग्रवाल भवन, कमलपोखरीमा  दिउँसो २ बजेबाट शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

यसका साथै प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ इन्स्योरेन्स एक आपसमा गाभ्ने गाभिने सम्बन्धमा मर्जर समितिबाट पेश भएको एमओयूको मस्यौदा स्वीकृत गर्ने, डिडिए प्रयोजनार्थ लेखापरीक्षक, मूल्याङ्कनकर्ता नियुक्त गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, विद्यमा संस्थापक र सर्वसाधारण समूहको शेयर लगानी अनुपात ५१ः४९ कायम गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले पुस ८ गने बुकक्लोज गरेको छ । त्यसैले पुस ७ गतेसम्म कायम शेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top