'बुलिश माराबोजु क्यान्डल' बनाउँदै नेप्सेमा बुलिश यात्रा जारी, आगामी हप्ता के होला?

गत साता ८.६७%  ले बढेको नेप्से यो साता पनि ५.६६% ले बढेको छ। यस साताको पहिलो कारोबार दिन आइतबार २०३७.२१ को बिन्दुमा खुलेको नेप्से २१५९.८२ को उच्च बिन्दुसम्म पुगेको थियो। नेप्सेले यस साता करिब ११५ अङ्क हासिल गर्यो। हप्ताको अन्तिम कारोबार दिन लगभग १८ अंक बढेर नेप्से २१४३.९४ मा बन्द भएको छ।

यस साताको टप गेनर्स (Top Gainers)


यस साताको टप लुजर्स (Top Losers)


यस साता सबै भन्दा धेरै कित्ता कारोबार भएका टप दश कम्पनीहरु (Top Traded Stocks By Volume )


टप ब्रोकर


प्राविधिक विश्लेषण


NEPSE WEEKLY UPDATE: Jan 6, 2023

अघिल्लो साता 'बुलिश माराबोजु क्यान्डल' बनाउँदै उकालो लागेको नेप्सेले यो साता पनि 'बुलिश माराबोजु क्यान्डल' नै  बनाएको देखिन्छ जसले बजार खरिदकर्ताको पकडमा भएको सङ्केत गर्छ। यस साताको क्लोजिंग अपर ब्याण्ड भन्दा थोरै तल भएको छ तर ब्याण्ड भने फराकिलो हुन थालेको देखिन्छ जसले बजारमा उतारचढाव पनि बढ्न थालेको जनाउँछ। एमएसिडि लाईन बढेर जिरो लाइन भन्दा तल –४१.०५  मा आएको छ र हिस्टोग्राम बढेर पोजिटिभ ३८.६५ मा पुगेको छ जसले बजारमा खरिद बढिरहेको देखाउँछ ।  सिग्नल लाईन पनि बढेर जिरो लाईन भन्दा माथि २०.९५ मा आएको छ। -१४ डिएमआई लाईनलाई +१४ डिएमआई लाईनले तलबाट क्रस गरेको देखिन्छ जसले बजारमा खरिद बढेको र बढिरहने सङ्केत गर्छ। आरएसआइ ५२.१८  बाट बढेर ५९.२२  मा आएको छ जसबाट आरएसआइको मोमेन्टम बढेको देखिन्छ ।

नेप्सेको आगामी दिनको नजिकको सपोर्ट २०२० को एरिया हुन्छ भने  नेप्सेको अवरोध २२२० को एरिया रहेको देखिन्छ।

Comments

Back to top