नेको इन्स्योरेन्सले लाभांश पारित गर्न डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

नेको इन्स्योरेन्सले माघ १५ गते वार्षिक साधारण सभा डाकेको छ । सभा लिसारा रिसेप्सन, नक्साल, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ  । सभाले हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले माघ ३ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले माघ २ गतेसम्म कायम सेयरधनीहरुले इन्स्योरेन्सको साधारण सभामा सहभागिता जनाउन तथा लाभांश प्राप्त गर्न सक्नेछन्।

Comments

Back to top