नेप्सेमा २ कम्पनीको सेयर मूल्य समायोजन, आइतबार कतिमा खुल्दैछ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले २ कम्पनीको सेयर मूल्य समायोजन गरेको छ । नेप्सेले बिहिबार प्रिमियर इन्स्योरेन्स र मेरो माइक्रोफाइनान्सको सेयर मूल्य समायोजन गरेको हो । प्रिमियर इन्स्योरेन्सको १४.२५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन पछि यसको भाउ मूल्य ६८९ रुपैयाँ ७२ पैसा कायम भएको छ । यता, मेरो माइक्रोफाइनान्सको १० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । समायोजन पछि यसको भाउ ८५८ रुपैयाँ ९ पैसा कायम भएको छ ।

उक्त समायोजित सेयर मूल्यमा आइतबार दोस्रो बजारमा यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

Comments

Back to top