नेप्सेमा ४ लाख कित्ता सेयर सूचीकृत
नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा एभरेष्ट बैंकको ४ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । बिहिबार एभरेष्ट बैंकको अग्राधिकार सेयर साधारण सेयरमा परिवर्तन भएपछि त्यसलाई नेप्सेमा सूचीकरण गराइएको हो । उक्त सूचीकृत सेयर धितोपत्र सूचिकरण विनियमावली २०७५ बमोजिम नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने गरी सूचीकरण गरिएको हो ।
नेप्सेको पुस २१ गते बसेको संचालक समितिको बैंठको निर्णय अनुसार सो सेयर सूचीकृत गरेको हो ।
Comments