नेप्सेमा करिब १८ अङ्कको वृद्धि, कारोबार रकम ५ अर्ब ४ करोड ७ लाख!

आज बिहीबार १८.०९ अङ्कले बढेर ०.८४ % वृद्धिका  साथ नेप्से परिसूचक २१४३.७६ अंकमा बन्द भएको छ। कारोबार भएका २५९ कम्पनीमध्ये १४७ कम्पनी उकालो लागेका छन्, ५६२ कम्पनी ओरालो लागेका छन् भने ४ कम्पनी स्थिर रहेको छ।

कारोबार भएका ११ उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।

प्रमुख कारोबार

आज नेप्से बजारको टप गेनरमा चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाईड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, र सृजनशील लघुवित्त रहेका छन्,जसको १०% मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा सिटिजन्स म्युचल फन्ड रहेको छ, जसको सेयर मूल्य ३.०३% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिस्टिलरी र भोल्युममा हिमाल दोलखा  हाईड्रोपावर कम्पनीको कारोबार भएको छ।

Comments

Back to top