नेप्से इन्ट्राडे अपडेट: ९ अङ्कको वृद्धि!
आज नेप्से बजार ९.५० अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २१३५ को नजिक आएको छ। ९.५० अङ्कले बढेर नेप्से परिसूचक २१३५.३४ मा आएको हो। आज २ घण्टामा लगभग २ अर्ब ७१ करोड ३४ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा बाराही हाईड्रो पावर रहेको छ जसको ९.९७% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा मिथिला लघुवित्त रहेको छ जसले ५.५१% गुमाएको छ।
Comments