कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँट भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली कामदार र स्थानीय बासिन्दाका लागि जारी गरेको आईपीओ हिजो (पुस २० गते बुधबार) बाँडफाँट भएको हो । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय नक्सालमा आईपीओ बाँडफाँट भएको हो ।

कम्पनीले स्थानीय बासिन्दालाई १ लाख २० हजार कित्ता सेयर जारी गरेको थियो । जसमा १५ हजार ४११ जनाबाट आवेदन परेको थियो । जसमा २३१ जनाको आवेदन रितपूर्वक नपरेकाले रद्द गरिएको थियो । रितपूर्वक आवेदन दिने १२ हजार स्थानीय बासिन्दाले गोलाप्रथाबाट १० कित्ताका दरले हात पारेका छन् ।

यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुबाट रितपुर्वक परेको सबै ६ हजार २५९ जना आवेदकलाई १० कित्ताका दरले ६२ हजार ५९० कित्ता आईपीओ बाँडफाँट गरिएको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले जनाएको छ । यसरी बाँडफाँट गरेर बाँकी रहेको ४५ हजार ४१० कित्ता सेयर २० कित्तादेखि एक हजार कित्तासम्म आवेदन गर्नेमध्ये गोलाप्रथाबाट ४ हजार ५४१ जना आवेदकलाई थप १० कित्ताका दरले बाँडफाँट गरिएको छ ।

यसअनुसार वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुमध्ये ४ हजार ५४१ जनालाई २० कित्ताका दरले ९० हजार ८२० कित्ता र १ हजार ७१८ जनालाई १० कित्ताका दरले १७ हजार १८० कित्ता सेयर बाँडफाँट गरिएको हो ।

Comments

Back to top