दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम मौका

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । यी दुवै कम्पनीले पुस २२ गते बुक क्लोज गर्दैछन् । त्यसैले आज सम्म कायम रहने सेयरधनीले मात्र लाभांश प्राप्त गर्न सक्नेछन् । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । उक्त प्रस्ताव पारित गर्न कम्पनीले माघ ६ गते सधारणसभा बोलाएको छ ।

त्यस्तै, प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरूलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद लाभांश गरी कुल १५ वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्ताव पारितका लागि कम्पनीले पुस २९ गते साधारण सभा बोलाएको छ । सभामा भाग लिन र लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । सभा  लिसारा रिसेप्सन नक्साल, काठमाडौमा बिहान ११ बजे शुरू हुने जानकारी दिइएको छ ।

Comments

Back to top