नेप्सेमा रौनक, लगानीकर्ताले तय गर्दै २५००को बाटो!
२०६९को बिन्दुमा ओपनिङ्ग भएको मार्केटमा बुलिश मारबुजु क्यानडल स्टिक बन्दै २१२५.९५ मा क्लोजिंग हुन सफल भएको छ। यस क्रममा २०० दिनको मुभिंग एभरेजबाट पनि मार्केटमा ब्रेकआउट पाएको छ।
अन्तिमको एक घण्टामा देखिएको नेप्सेको रौनक, २०९९ माथि स्टेबल रहन सके २२००को बिन्दु सजिलै पार हुने देखिन्छ र २४५०-२५००को बिन्दु केहि महिनामै पुग्ने आँकलन पनि लगाउन सकिन्छ।
पाँच महिनापछि पहिलो चोटी नेप्से २१००को बिन्दु माथि जानुमा लगानीकर्ताको मनोबल नै प्रमुख कारक हो भने, नयाँ सरकार र राष्ट्र बैंकको मौद्रिक नीति प्रतिको लचिलो पन अन्य कारण हुन्।
Comments