नेप्सेमा २३ लाख १२ हजार कित्ता बोनस शेयर सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा डिप्रोक्स लघुवित्त वित्तीय संस्थाको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको २३ लाख १२ हजार ४९७  कित्ता  शेयर सूचीकृत भएको हो । यसले शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गरेको थियो । उक्त शेयर शेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

Comments

Back to top