नेप्सेमा करिब ६४ अङ्कको वृद्धि, कारोबार रकम ३ अर्ब ५० करोड ११ लाख!
आज बुधबार ६४.८७ अङ्कले बढेर ३.१५ % वृद्धिका साथ नेप्से परिसूचक २१२५.९४ अंकमा बन्द भएको छ। कारोबार भएका २५८ कम्पनीमध्ये २०८ कम्पनी उकालो लागेका छन्, ५ कम्पनी ओरालो लागेका छन् भने शुन्य कम्पनी स्थिर रहेको छ।
कारोबार भएका सबै उप-समुहहरुको सेयर मूल्य उकालो लागेका छन्।
प्रमुख कारोबार
आज नेप्से बजारको टप गेनरमा साल्ट ट्रेडिंग कर्पोरेशन, हिमालयन डिस्टिलरी लिमिटेड, कालिका लघुवित्त, मिर्मिरे लघुवित्त, किसान लघुवित्त, नाडेप लघुवित्त, पिपल्स पावर लिमिटेड, खप्तड लघुवित्त, कालिका पावर कम्पनी र आर एस डि सि लघुवित्त रहेका छन्, जसको १० % मूल्य बढेर कारोबार भएको छ। सबैभन्दा धेरै गुमाउनेमा नेपाल एस बि आइ बैंक डिबेञ्चर रहेको छ, जसको सेयर मूल्य १.९९% ले घटेको छ। सबैभन्दा धेरै टर्नओभरमा हिमालयन डिस्टिलरी र भोल्युममा हिमाल दोलखा हाईड्रोपावर कम्पनीको कारोबार भएको छ।
Comments