नेप्से इन्ट्राडे अपडेट: २० अङ्कको वृद्धि!
आज नेप्से बजार २०.४५ अंकले बढेको छ।
सुरुवातदेखि नै उतारचढाव भएको नेप्से १ बजेसम्म २०८१ को नजिक आएको छ। २०.४५ अङ्कले बढेर नेप्से परिसूचक २०८१.५१ मा आएको हो। आज २ घण्टामा लगभग १ अर्ब २५ करोड ९३ लाख कारोबार भएको छ। यो कारोबार रकम अघिल्लो कारोबार दिनको तुलनामा कम हो।
यस्तै, आजको टप गेनरमा हिमालयन डिस्टिलरी र खप्तड लघुवित्त कम्पनी रहेको छ जसको १०% मूल्य बढेर कारोबार भएको छ भने टप लुजरमा धौलागिरी लघुवित्त रहेको छ जसले ५.१५% गुमाएको छ।
Comments