मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

मन्दाकिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २१ गते बुक क्लोज गर्दैछ । तसर्थ, आज बुधबार पुस २० गते सम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश सुरक्षित गर्न सक्नेछन् । कम्पनीले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

उक्त प्रस्ताव पारित गर्न कम्पनीले गर्न पुस ३० गते साधारण सभा बोलाएको छ। सभा अनुपम फुडल्याण्ड एण्ड ब्याङ्कवेटमा बिहान ११ बजे शुरु हुनेछ ।  सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृत गर्नेछ । त्यस्तै, लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि रहेको छ ।

Comments

Back to top