कसले मार्ला बाजी?

२०८१ को इन्ट्रा डे हाइ र २०५० को इन्ट्रा डे लो बनाउदै डोजी क्यान्डल बनाएको नेप्सेले आजको दिनलाई पनि निर्णयाक बनाउन सकेन। आउने दिनमा मार्केटले बुलिश इन्गल्फिंग या मारबुजु बनाउन सके मात्र बुलिश कन्फ़िडेन्स रहने देखिन्छ।

२०९०-२०९५ को प्रतिरोध पार गर्न सके सर्ट टर्म टार्गेटको रुपमा २२०० को बिन्दु लिन सकिन्छ। यद्यपि नेप्से वन आवर चार्टमा नेप्सेले ट्रेन्ड लाइन बाहिर क्लोजिंग दिएकोले यस(२०९०-२०९५) अवरोधबाट ब्रेकआउट दिन, नेप्से १९८०को जोन सम्म आएर शक्ति संचय गर्नुपर्ने देखिन्छ।

Comments

Back to top