प्रभु बैंकले सेञ्चुरी बैंकलाई प्राप्ति गर्न राष्ट्र बैंकबाट पायाे अन्तिम स्वीकृति
प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंकलाई प्राप्ति गर्ने प्रक्रियालाई नेपाल राष्ट्र बैंकले अन्तिम स्वीकृति दिएको छ । राष्ट्र बैंक सञ्चालक समितिको आज (पुस १९ गते) बसेको बैठकले उक्त स्वीकृति प्रदान गरेको हो । सेञ्चुरीलाई १ः१ सेयर स्वाप रेसियामा प्राप्ति गर्न लागेको हो । दुवै बैंकको पुस १४ गते सम्पन्न भएकाे साधारण सभामा प्रभु बैंकले सेञ्चुरी कमर्सियल बैंक लिमिटेडलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे ।
सेञ्चुरीलाई प्राप्ति गरेपश्चात प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुने समझदारी भइसकेको छ । प्राप्तिपछि प्रभु बैंककै सीइओ अशोक शेरचन रहने छन् ।
Comments